बाजुराका स्थानीय तहमा ७९ करोड बेरुजु

महालेखा परीक्षकको कार्यालयले २०७८ को वार्षिक प्रतिवेदनमा बाजुरामा ७९ करोड बढी बेरुजु रहेको उल्लेख गरेको छ । ९ वटा स्थानीय तहको ७९ करोड ९३ लाख २८ हजार रहेको प्रतिवेदनमा उल्लेख भएको छ ।

आर्थिक वर्ष ०७६/०७७ सम्म बाजुराका ९ वटै स्थानीय तहमा बेरुजुको विवरण महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको हो । प्रतिवेदनमा सबै भन्दा बढी त्रिवेणी नगरपालिका र कम गौमुल गाउँपालिकामा रहेको छ ।

त्रिवेणी नगरपालिकामा १७ करोड ९२ लाख ३० हजार बेरुजु रहेको छ । त्यसै गरी गौमुल गाउँपालिकामा ३ करोड ६२ लाख ३५ हजार रहेको छ । बडिमालिका नगरपालिकामा ६ करोड ६५ लाख ४७ हजार रकम बेरुजु रहेको छ । त्यस्तै स्वामिकार्तिक खापर गाउँपालिकामा ९ करोड ६७ लाख ६९ हजार रहेको छ ।

जगन्नाथ गाउँपालिकामा ६ करोड ५५ लाख ३० हजार, खप्तड छेडेदह गाउँपालिकामा ८ करोड २९ लाख ८१ हजार, हिमाली गाउँपालिकामा ८ करोड १५ लाख १४ हजार बेरुजु रहेको छ । त्यस्तै बुढीनन्दा नगरपालिकामा ११ करोड ९१ लाख ९७ हजार र बुढीगंगा नगरपालिकामा ७ करोड १३ लाख २५ हजार रकम बेरुजु रहेको छ ।

प्रचलित कानुनबमोजिम रीत नपुर्‍याई कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको र अनियमित तथा बेठीक तरिकाले आर्थिक कारोबार गरेको भेटिएमा महालेखाले त्यस्तो रकमलाई बेरुजु मान्छ । कतिपय बेरुजु प्रक्रिया नपुग्दा देखिन्छ भने कतिपय अनियमितताले हुन्छ । प्रतिवेदनका अनुसार कतिपय रकम भने फिर्ता गर्न उल्लेख गरेको छ । फिर्ता गर्न भनिएको बजेट सरासर भ्रष्टाचार भएको कोलेनिका बाजुराका एक लेखापालले बताए ।

सार्वजनिक तथा सरकारी निकायमा आर्थिक अनुशासन र उत्तरदायित्वको कमीले बेरुजु बढ्दै गएको छ । आर्थिक अनुशासन कमजोर हुँदा वित्तीय प्रशासनमा अपेक्षित सुधार हुन सकेको छैन । आन्तरिक कार्यविधिको पालना, लेखा परीक्षण प्रतिवेदनको कार्यान्वयनको स्थितिलाई हेर्दा आर्थिक अनुशासनको पाटो कमजोर देखिन्छ । 



केही आर्थिक वर्षमा बेरुजू फर्छ्यौट गर्दै आएको भए पनि स्थानीय तह भइसकेपछि ३ आर्थिक वर्षमा यति धेरै बेरुजू हुनु भनेको ठुलो अनियमितता भएको नागरिक अगुवाको आरोप रहेको छ । 



  • प्रकाशित मिति : असार ३२, २०७९ शनिबार ११:११:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया