कांग्रेस सभापति देउवाको कार्यशैलीप्रति दुई सहमहामन्त्रीको आपत्ति

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे र जीवन परियारले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै पाण्डेले नेविसंघ र तरूण दलका कमिटी बनाउँदा नेता डा. शेखर कोइराला पक्षसँग सामान्य छलफलसमेत नगरेको भन्दै आपत्ति जनाए । 

अर्का सहमहामन्त्री जीवन परियारले पनि ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले मत हालेका कोइरालासँग सभापतिले छलफल समेत नगर्नु दुखद् भएको बताए। सभापति देउवाले एकलौटी ढंगले भ्रातृसंस्थाको तदर्थ समिति गठनलगायतमा अघि बढ्न खोजेको भन्दै उनले आपत्ति जनाए । 

सभापति शेरबहादुर देउवाले नेविसंघमा  दुजाङ शेर्पा र तरूण दलमा विद्वान गुरुङलाई अध्यक्ष बनाएका थिए। चौधौँ महाधिवेशनमा ४० प्रतिशत मत ल्याएका शेखरसँग छलफल नै नगरेर सभापति देउवाले एकलौटी गर्न खोजेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । 

सोमबारदेखि जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि संघीय सरकारका मन्त्रीहरूले आफ्नो भनाइ राखेका थिए । 

अहिले पदाधिकारीले बोल्ने क्रम सुरु भएको छ। सहमहामन्त्रीहरूले बोलेपछि महामन्त्रीहरु र उपसभापतिहरुले बोल्नेछन् । सबैको भनाइ सकिएपछि सभापति देउवाले बैठकमा उठेका प्रश्नको जवाफ दिनेछन् । 





  • प्रकाशित मिति : असार ३२, २०७९ शनिबार १८:४१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया