जनार्दन शर्मा प्रकरणः सिसिटिभीको हार्डडिस्क मगाएर अध्ययन गरिँदै

अनाधिकृत व्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएर करको दायरा हेरफेर गरेको विषयमा छानबिन गर्न गठित छानबिन समितिले आज अर्थ मन्त्रालयको ‘हार्डडिस्क’ अध्ययन गर्ने भएको छ ।

जेठ महिनाको सिसिटिभी फुटेज डिलिट भयो भनेर अर्थ मन्त्रालयले समितिलाई सिसिटिभी फुटेज दिन आनाकानी गरेपछि हार्डडिस्क मगाएर समितिले अध्ययन गर्न लागेको हो ।

‘जेठ महिनाको सिसिटिभी फुटेजको हार्डडिस्क मगाएका छौँ, त्यो प्राप्त भयो भने प्रावधिक राखेर अध्ययन गर्नेछौं,’ समिति सदस्य लक्ष्मणलाल कर्णले भने । उनका अनुसार हिजो राति ८ बजेसम्म पनि समितिले सो प्रकरणका बारेमा सरोकारवाला व्यक्तिसँग बयान, छानविन र अध्ययन गरेको थियो ।

जेठ महिनाको सिसिटिभी फुटेज माग्दा असारको दिएपछि सो प्रकरण थप रहस्य बन्दै गएको छ । समितिले जेठ महिनाको सिसिटिभी फुटेजका लागि पुनः ताकेता गरिरहे पनि अर्थ मन्त्रालय भने अझै दिएको छैन ।

उता, समितिका सचिव सुरेन्द्र अर्यालले प्रावधिक अध्ययन सकिए पछि सो प्रकरणमा राजीनामा दिएका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर बयान लिने तयारी समितिले गरेको छ ।

‘प्रावधिक अध्ययन सकिएपछि उहाँ (जनार्दन शर्मा) सँग बयान लिने बारेमा समितिमा छलफल भएको छ,’ हमालले भने ।   





  • प्रकाशित मिति : साउन २, २०७९ साेमबार १०:५८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया