logo-img

एकदिवसीय अन्तर्राष्ट्रियबाट सन्न्यास लिने स्टोक्सको घोषणा

इंग्लिस अलराउन्डर बेन स्टोक्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् ।

विश्वकप विजेता स्टोक्सले मंगलबार हुने दक्षिण अफ्रिकाविरूद्वको पहिलो  खेलपछि एकदिवसीय अन्तर्राष्ट्रियबाट संन्यास लिने घोषणा गरेको इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले जनाएको छ ।

स्टोक्सको शानदार प्रदर्शनको सहयोगमा इंग्ल्याण्डले सन् २०१९ मा पहिलोपटक एकदिवसीय विश्वकप उपाधि जितेको थियो । ​

इंग्लिस टेस्ट टोलीका कप्तान समेत रहेका ३१ वर्षिय स्टोक्सले अब आफूलाई टेस्ट र टी–२० क्रिकेटमा केन्द्रित गर्ने बताएका छन् ।

सन् २०११ मा आयरल्यान्डविरुद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका स्टोक्सले यो शैलीका १०४ खेलमा तीन शतक र २१ अर्धशतकसहित २,९१९ रन बनाउनुका साथै ७४ विकेट लिएका छन् ।





  • प्रकाशित मिति : साउन २, २०७९ साेमबार १८:४९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया