एजेण्डामा प्रवेश नगरी स्थागित भयो एन्फा बैठक

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को दोस्रो कार्यसमिति बैठक एजेन्डामा प्रवेश नगरी पुनः स्थगित भएको छ । 

एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र अरू पदाधिकारीबीच असहमति भएपछि बैठक स्थगित गरिएको हो । यसअघि सोमबार बस्ने भनिएको उक्त बैठक एन्फा अध्यक्ष नेम्वाङ बिरामी भएको कारण स्थगित भएको थियो ।

एन्फा अध्यक्षले सबैलाई हाजिरी गरेर बैठक सञ्चालन हुने जानकारी दिएसँगै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य पदाधिकारी र सदस्यले उपस्थितिमा दस्तखत नगरेपछि बैठक एजेण्डामा प्रवेश नगरी अध्यक्ष नेम्वाङले बैठक स्थगित भएको जानकारी गराएका थिए ।

बैठक स्थगित भएपछि कार्यसमितिको पहिलो बैठकले नियुक्त गरेको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेलाई विधानविपरीत नियुक्ति गरेको भन्दै तत्काल बर्खास्त गर्न वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष वीराटजङग शाही र दीपक खतिवडासहित १२ जनाले निवेदन दर्ता गरेका थिए । 

आजको बैठकले एन्फा प्रवक्ता, प्रमुख कार्यकारी अधिकृत, तीन सहमाहसचिव नियुक्ति एवं महिला साफ च्याम्पियनसिपलगायतका विषयमा निर्णय लिने बताइएको थियो ।





  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार १८:५३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया