दलाल पुँजीवादलाई पोसेर समाजवाद आउँदैन : अध्यक्ष नेपाल
फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दलाल पुँजीलाई पोसेर देशमा समाजवाद आउन नसक्ने बताएका छन् । शनिबार कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् । 

उनले दलाल पुँजीलाई पोसेर र प्रोत्साहन दिएर देशको राष्ट्रिय पुँजीको प्रवर्द्धन हुने कुरा सम्भव नहुने बताए । अध्यक्ष नेपालले भने, ‘राजनीतिमा विकृतिहरू, विसङ्गति, व्यक्तिवादी प्रवृत्ति देखा परेको छ । भ्रष्ट प्रवृत्ति देखिरहेको छ । दलाल पुँजीलाई पोसेर, प्रोत्साहन दिएर, देशको अर्थतन्त्रमा नोक्सान पुर्‍याएर देशमा समाजवाद आउने र राष्ट्रिय पुँजीको प्रवर्द्धन हुने कुरा सम्भव छैन ।’

नेपालले राजनीतिमा विकृति, विसङ्गति, व्यक्तिवादी प्रवृत्ति देखा परेको देखा परेको बताए । उनले देशको राजनीतिमा विकृति, विसङ्गति, व्यक्तिवादी प्रवृत्ति देखा परेको भन्दै यसलाई निमिट्यान्न पारेर अघि बढ्न आवश्यक रहेको बताए । उनले भने, ‘अहिले पनि हाम्रा सामु धेरै चुनौतीहरू छन् । तर डराउनुपर्ने अवस्था छैन । हामीले नेपालको इतिहासका पानाहरू निर्माण गरेका छौँ । इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छौँ । कसैले असम्भव ठानेका कुरालाई सम्भव तुल्याएर देखाएका छौँ । खास गरेर पुष्पलालबाट दीक्षित भएका हामीले नेकपा (एकीकृत समाजवादी) क्रान्तिकारी पार्टी खोलेका छौँ । जसले छुट्टै अस्तित्व देखाएको छ ।’





  • प्रकाशित मिति : साउन ७, २०७९ शनिबार १३:२७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया