टिकटक लाइभ स्ट्रिममा पूर्व पत्नीलाई आगो लगाउने चिनियाँलाई मृत्युदण्ड

आफ्नी पूर्वपत्नीलाई टिकटक लाइभ स्ट्रिमको क्रममा जलाएर हत्या गरेको अभियोगमा दोषी ठहरिएका एक चिनियाँ लाई मृत्युदण्ड दिइएको छ । उनलाई दक्षिण पश्चिम सिचुआन प्रान्तमा अदालतको आदेशमा लु नाम गरेका व्यक्तिलाई शनिबार मृत्युदण्ड दिइएको हो । 

सन् २०२१ मा जानाजानी हत्याको लागि उनीमाथि मृत्युदण्डको सजाय सुनाइएको थियो । न्गावा तिब्बती र छियाङ स्वायत्त प्रिफेक्चर मध्यवर्ती जनअदालतका अनुसार उनले गरेको अपराध निकै पाशविक थियो र लु सबैभन्दा कठोर सजायका लागि योग्य थिए । 

लु र उनकी श्रीमती लामु एघार वर्ष सँगै बसेपछि सन् २०२० को जुनमा छुट्टिएका थिए । दुवैले टिकटकको चिनियाँ संस्करण डोउयिनमा प्रभावकारी रूपमा काम गरेका थिए । 





  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार १२:३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया