भारतमा थप एकजनामा भेटियो मंकिपक्स संक्रमण

दिल्लीमा मंकिपक्सका नयाँ संक्रमित भेटिएका छन् । दिल्लीका ३१ वर्षीय पुरुषमा आइतबार मंकिपक्स संक्रमण देखिएको हो । उनमा विदेश भ्रमण गरेको कुनै ट्राभल हिस्ट्री नभेटिएको जनाइएको छ । 

पश्चिमी दिल्लीका उनलाई अस्पताल भर्ना गरिएको छ । योसँगै भारतमा अहिलेसम्म मंकिपक्सका चार जना संक्रमित भेटिएका छन् । 

मंकिपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । संसारभरका ७५ देशमा फैलिएपछि डब्लूएचओले मंकिपक्सलाई विश्व स्वास्थ्य आपत्काल घोषणा गरेको हो ।

विश्व स्वास्थ्य संगठन महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसले ७५ देशमा १६ हजारभन्दा  धेरै केस रिपोर्ट गरिएको बताए । उनका अनुसार महामारीका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ । 

मंकिपक्सबाहेक अहिले कोभिड र पोलिओ उन्मुलनसम्बन्धी अन्य दुई प्रकारका विश्वव्यापी स्वास्थ्य आपत्काल लागू छन् । मंकिपक्स भाइरसका कारण यो रोग लाग्छ । 

यो भाइस पहिलोपटक सन् १९५० मा मध्यअफ्रिकामा देखा परेको थियो । 





  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार १३:०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया