क्यालिफोर्नियामा भीषण डढेलो : ६ हजार मानिसलाई सुरक्षित स्थानमा सारियो
फाइल फाेटाे

अमेरिकाको क्यालिफोर्नियामा लागेको डढेलोका कारण ६ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । राज्यको योसेमिटी राष्ट्रिय निकुञ्ज नजिकै तीव्र गतिमा डढेलो फैलिएपछि मारिपोस काउन्टीमा आपत्कालसमेत घोषणा गरिएको छ । 

आगो नियन्त्रण गर्न २ हजार अग्नि नियन्त्रक र १७ ओटा हेलिकोप्टर परिचालन गरिएका  क्यालिफोर्निया डिपार्टमेन्ट अफ फोरेस्ट्री एण्ड फायर प्रोटेक्सनले जनाएको छ । १४ हजार २ सय हेक्टर क्षेत्रमा फैलिएको आगो अहिलेसम्म कुनै नियन्त्रणमा नआएको प्राप्त विवरणहरूमा जनाइएको छ । तातो र न्यून आद्रताका कारण डढेलो निभाउने भइरहेका प्रयासमा असर गरेको जनाइएको छ । 

डढेलेमा केही सवारी साधनसमेत जलेका छन् । आगलागीमा जलेर १० ओटा घर ध्वस्त भएको बीबीसीले जनाएको छ । सुक्खा र गर्मी मौसमका कारण डढेलो फैलिएको क्यालिफोर्नियाका गर्भनरले जानकारी दिएका छन् ।

मारिपोसमा ३५ दशमलव ५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम रहेको छ ।   





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार ७:५१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया