राप्ती हाइड्रोको आइपिओ बाँडफाँट

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आइपिओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले आइपिओ बाँडफाँट गरेको हो । 

कम्पनीले गत असार २९ गतेदेखि साउन १ गतेसम्म सर्वसाधारणका लागि कुल २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर आइपिओ निष्काशन गरेको थियो । 

निष्काशन गरिएको कुल सेयरमध्ये ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको थियो । 

कम्पनीका अनुसार आइपिओमा १४ लाख ९० हजार २९८ जना आवेदकले एक करोड ६२ लाख ५९ हजार २४० कित्ता सेयरका लागि आवेदन दिएका थिए । यो भनेको ७.४६ गुणाले मागभन्दा बढी आवदेन परेको हो ।  

आवेदन दिएकामध्ये एक हजार ४२४ जनाले १७ हजार ३७० कित्ता सेयरको लागि दिएको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । आवेदन दिएकामध्ये १२ लाख ७२ हजार ६०४ जनाको भने हात खाली रह्यो ।  





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार ११:५२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया