logo-img

संघीयता चाहिँदैन भनेको थिएँ, अहिले बहस हुन थालेकोमा खुसी लागेको छः गोकुल बाँस्कोटा
फाइल तस्वीर

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले संघीयता आवश्यक नरहेको बताउँदै आएका छन् । उनले संघीयता नभए मुलुक बर्बाद हुने तर्क जायज नभएको दावी गर्छन् ।बुधबार संघीयताबारे बहस हुन थालेकोमा खुसी लागेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘संघीयताबारे बहस हुन थालेकोमा खुसी लाग्न थालेको छ । ऐतिहासिक, राजनीतिक र आर्थिक कोणहरुबाट यो आवश्यक थिएन । दुइ तह र समावेशीता नै पर्याप्त हुन । बम पड्काएर उडाउ भनेको हैन, छलफल गरौ भनेको हो । जिब्रै थुतुला झै गर्छन कोही त । राजनीती ब्यक्तिको पोजीसनका लागि हैन देशको पोजीसनका लागि गरौँ । नो, तनाव ।’ 

पछिल्लो समय संघीयताको औचित्यबारे प्रश्न उठ्न थालेको छ । प्रदेशका नाममा आर्थिक भारत बढेको र प्रदेश नेता व्यवस्थापनको थलो बनेको आरोप लागेको छ ।





  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार १७:२८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया