logo-img

इक्वेडरको विश्वकप सहभागिता रद्दका लागि चिलीले पुनः अपील गर्ने

चिलीले इक्वेडरको कतार विश्वकप २०२२ सहभागिता रद्दका लागि फिफासमक्ष पुनः अपील गर्ने भएको छ । चिलीले यसअघि पनि इक्वेडरले विश्वकप छनोटमा गैर–नागरिक खेलाएकाले उनीहरूको छनोट बदर हुनुपर्ने भन्दै अपील गरेको थियो । जसलाई गत महिना फिफाले खारेज गर्दै इक्वेडरलाई विश्वकप खेल्ने बाटो खोलिदिएको थियो । 

चिलीले इक्वेडरका डिफेन्डर बेरोन कास्टिलो गैर–नागरिक भएको दाबी गर्दै आएको छ । चिली फुटबल संघ (एएनपिए) ले कास्टिलो इक्वेडरमा नभई कोलम्बियामा जन्मिएको दाबी गरेको छ । उनले इक्वेडरबाट विश्वकप छनोटको आठ खेल खेलका थिए, जसमा चीलीविरुद्धको दुई खेल पनि सामेल छ ।  

इक्वेडरले फिफा विश्वकप दक्षिण अमेरिकी छनोटको चौथो स्थानमा रहँदै कतार विश्वकपमा स्थान बनाएको हो । सातौँ स्थानमा रहेको चिलीले भने विश्वकप छनोटको प्लेअफमा पनि स्थान बनाउन सकेन ।  

इक्वेडर आगामी २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म हुने फिफा विश्वकपमा आयोजक कतार, सेनगल र नेदरल्याड्ण्ससँगै समूह ‘ए’ मा छ ।  
 





  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार १२:४६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया