logo-img

विवेकशील साझा पार्टीका सचिवालय प्रमुख उप्रेतीले दिए राजीनामा
फाइल तस्वीर

विवेकशील साझा पार्टीका केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख र प्रशासनिक तथा अर्थ व्यवस्थापन समितिका सभापतिसमेत रहेका केन्द्रीय सदस्य दिपकप्रसाद उप्रेतीले पदबाट राजीनामा दिएका छन्।

पार्टीको पछिल्ला विकसित घटनाक्रमले निराश बनेका उप्रेती पछिल्लो समय ‘पर्ख र हेर’ को अवस्थामा थिए। २०७५ फागुनमा पार्टीको औपचारिक सदस्यता लिएका उप्रेती मध्यपूर्वको सद्भाव समूहको संयोजक हुँदै २०७७ असोजमा केन्द्रीय सदस्यमा मनोनीत भएका थिए। 
केन्द्रीय सदस्य नियुक्त भएसँगै केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख र त्यसको लगत्तै प्रशासनिक तथा अर्थ व्यवस्थापन समितिको सभापतिको समेत जिम्मेवारी पाएका उप्रेती पार्टीका आन्तरिक विवादहरूमा तटस्थ रहँदै आएका थिए।

पछिल्लो समय राष्ट्रिय दलबाहेक अन्य पार्टीहरूले स्थानीय तहको निर्वाचनमा दलको चुनाव नपाउने कानुनी प्रावधानविरुद्ध पार्टीको तर्फबाट नेतृत्व गर्दै ३८ दलको मोर्चा बनाएर संघर्षमा उत्रेका उप्रेती पार्टीको आन्तरिक कलहको बाबजुद अन्तिम समयमा अप्रत्याशित किसिमले स्थानीय तह निर्वाचनमा लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए।

पार्टी अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएको लामो समय बितिसक्दा पनि नयाँ अध्यक्ष नियुक्त गर्न नसकिरहेको अवस्थामा पार्टीको महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेका उप्रेतीको राजीनामालाई अर्थपूर्ण मानिएको छ।
 





  • प्रकाशित मिति : साउन १३, २०७९ शुक्रबार १६:११:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया