दिनेशको भाउजूसँग अनैतिक सम्बन्ध, आरोपित महिला पक्राउ गर्ने सहमतिमा शव उठ्दै

परिवार नै सखाप भएको काभ्रेस्थली घटनामा मृतक सुनिता पाण्डेका माइती पक्षले शव उठाउन दिएका थिएनन् । मृतक दिनेश पाण्डेसँग जरंखु बस्ने एक महिलाको घटनामा संलग्नता रहेको माइती पक्षले आरोप लगाएका छन् । ती महिला मृतक दिनेशकी भाउजू नाता पर्ने माइती पक्षको भनाई छ । 

ती महिलामाथि अनुसन्धान गर्नु पर्ने माइती पक्षको अडानले शव उठ्न सकेको थिएन । ‘आरोपित महिलामाथि अनुसन्धान गर्ने सहमति भएपछि शव उठाउने तयारी भएको छ । आरोपित महिला तारकेश्वरको जरंखु निवासी हुन् । मृत अवस्थामा भेटिएका दिनेशसँग ती महिलाको अनैतिक सम्बन्ध रहेको माइती पक्षको आरोप छ,’ तारकेश्वर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राधाकृष्ण खड्कीले भने  ।

यसअघि घटनास्थलमा मृतकका आफन्त र स्थानीयले नाराबाजी गरिरहेका थिए ।  ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया श्रीमती सुनिता, छोरी १३ वर्षीया आशिका र ८ वर्षीय छोरा आशिक सोमबार बिहान घरभित्रै मृत भेटिएका थिए । दुई छोराछोरी र सुनिता एउटा कोठामा रगताम्य अवस्थामा ढलेका भेटिएका थिए भने अर्कातिर दिनेश भने अर्को कोठाको झ्यालको रेलिङमा झुन्डिएको अवस्थामा भेटिएका थिए। 

यो पनि पढ्नुहोस्  : काभ्रेस्थली हत्या प्रकरण : स्थानीय र जनप्रतिनिधि भन्छन् - बूढाबूढीबीच झगडा भइरहन्थ्यो





  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार १७:९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया