मंकीपक्स संक्रमणबाट भारतमा एकजनाको मृत्यु

भारतको केरलमा मंकीपक्सका कारण एक जनाको मृत्यु भएको छ । शनिबार मृत्यु भएका युवकलाई मंकीपक्सको पश्चिम अफ्रिकी भेरियन्ट संक्रमण भएको केरलाको स्वास्थ्य विभागले जनाएको छ ।

भारतमा मंकीपक्सबाट पहिलो मृत्यु भएको बताइएको छ । केरलकी स्वास्थ्यमन्त्री बिना जर्जले २२ वर्षीय युवकको मृत्यु भएको जानकारी दएकी छन् । ती युवक युएईबाट भारत आएको उनले जानकारी दिएकी छन् ।

उनलाई मंकीपक्स संक्रमण देखिएपछि केरलकै एक निजी अस्पतालमा भर्ना भएको थियो । मृतकको परिवार सदस्यहरूका अनुसार उनी यूएईको रास अल खइमाहमा कार्यरत थिए ।  उनी जुलाइ २२ मा आफ्नो घर आइपुगेका थिए ।





  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार २१:३६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया