वेल्सका मिडफिल्डर राम्से फ्रेन्च क्लब निसमा अनुबन्ध
फरकधार / १७ साउन, २०७९
यो सामग्री सेयर गर्नुहोस्

फ्रेन्च लिग वान क्लब निसले मिडफिल्डर आरोन राम्सेलाई अनुबन्ध गरेको छ । वेल्सका मिडफिल्डरलाई क्लबले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।



३१ वर्षीय मिडफिल्डरले फ्रेन्च क्लबसँग एक वर्षको सम्झौता गरेका छन् । उनले सिजनको अन्त्यसँगै इटालियन क्लब युभेन्ट्स छाडेका थिए ।



राम्से २०१९ मा इंग्लिस क्लब आर्सनलबाट युभेन्ट्स आएका थिए । तर, उनले अधिकांश समय लोनमा खेल्दै आएका छन् ।



गत सिजन स्कटिस प्रिमियरसिप क्लब रेन्जर्सबाट लोनमा खेलेका उनले ७ खेलमा २ गोल गरे ।



युभेन्ट्सका लागि ४९ सिरी ‘ए’ खेलमा पाँच गोल गरेका राम्सेले वेल्सका लागि ७५ खेलमा २० गोल गरेका छन् ।





  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार १०:५१:१९,   अन्तिम अपडेट : साउन १७, २०७९ मंगलबार १०:५३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया