लोकसेवाको उत्तर पुस्तिकामा मोबाइल नम्बर लेख्ने परीक्षार्थीको परीक्षा रद्द

कर्णाली प्रदेश लोकसेवा आयोगले गत साउन ७ गते लिएको (अहेव पदको) चौथो तहको परीक्षामा एकजना परीक्षार्थीले उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेको भेटिएको छ । 

त्यसो गर्नेमा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ का नवीनकुमार रेउले रहेका छन् । मोबाइल नम्बर लेखेर फोन गर्नू भनेपछि प्रदेश लोकसेवाले उनलाई दुई वर्षसम्मका लागि अयोग्य ठहर गरेको छ ।  

आयोगले जारी गरेको सूचनाअनुसार उनको मास्टर आइडी १४०५७ र  रोल नम्बर ४४६६ रहेको छ । रेउलेले वस्तुगत र विषयगत दुवै उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेको प्रदेश लोकसेवा आयोगका प्रवक्ता बुद्धिबहादुर खत्रीले जानकारी दिए । 

उनका अनुसार रेउलेलाई प्रदेश लोकसेवा आयोग ऐन, ०७५ को दफा ६४ को उपदफा (१)को खण्ड (ख) बमोजिम कसुर गरेको देखिएको र लोकसेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, ०७८ को दफा ३६ को उपदफा (२) को खण्ड (ख) बमोजिम लिखित परीक्षा रद्द गरिएको छ ।  

उक्त ऐनअनुसार आयोगबाट आगामी २ वर्षसम्म हुने पदपूर्तिसम्बन्धी सबै विज्ञापनमा उम्मेदवार हुन नपाउने गरी रोक लगाएको छ ।





  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार २१:४५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया