logo-img

यमनमा थप दुई महिना युद्धविराम

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र हुथी लडाकू (मिलिसिया) ले युद्धग्रस्त अरब देशमा जारी राष्ट्रव्यापी युद्धविरामको समय थप गरिएकोमा विश्व समुदायले स्वागत गरेको छ ।

यमनका लागि संयुक्त राष्ट्रसंघका विशेषदूत हान्स ग्रुण्डबर्गले मंगलबार यमनमा युद्धविरामको समय थप दुई महिना लम्बाइएको घोषणा गर्नुभएको थियो ।

‘यमनी युद्धरत पक्षहरूले अगष्ट २ देखि अक्टोबर २ सम्म थप दुई महिनाका लागि सोही शर्तअनुसार यो सहमति जनाएका छन्,’ मंगलबार ग्रुण्डवर्गले जारी गरेको वक्तव्यमा भनिएको छ ।

उक्त घोषणापछि, एडेनमा रहेको यमन सरकारले युद्धविराम सम्झौता विस्तारलाई स्वागत गरेको थियो । ‘यस युद्धको प्रमुख उद्देश्य हुथी मिलिशियाद्वारा सुरु भएको युद्धका कारण भएको रक्तपात रोक्नु, नागरिकहरूको स्वतन्त्रता कायम गर्नु र यमनभरी सामान तथा मानवीय सेवाहरू ओसारपसार गर्नु हो,’ यमन सरकारले मंगलबार विदेश मन्त्रालयको वेबसाइटमा पोस्ट गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले सम्झौताको पूर्ण कार्यान्वयनलाई ध्यान दिने बताएको छ ।

त्यसैगरी, हुथी वार्ता प्रतिनिधिमण्डलका प्रमुख मोहम्मद अब्दुल–सलामले आफ्नो ट्विटर अकाउन्टमा लेखेका छन्, ‘ओमानको सुल्तानेटमा लामो प्रयासपछि सम्झौता नवीकरण गरिएको छ ।’ 





  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार ६:४५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया