जसपा जातीय/क्षेत्रीय संकीर्णताको बाटोमा हिँडेर पतन हुने अवस्था पुग्यो : बाबुराम भट्टराई

नवगठित नेपाल समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी, नेपाल (जसपा) जातीय/क्षेत्रीय संकीर्णताको बाटोमा पतन हुने अवस्था आएपछि नयाँ पार्टी पुनर्गठन गर्नुपरेको बताएका छन् ।

नेता भट्टराईले जसपाले देश र जनताको हित गर्न नसक्ने र यो पार्टी जातीय/क्षेत्रीय संकीर्णताको बाटोमा जाने निष्कर्षसहित आफूहरुले मुलुकको वैकल्पिक राजनीतिक शक्ति निर्माणको ध्येय पूरा गर्न नयाँ पार्टी पुनर्गठन गर्न बाध्य हुनुपरेको बताएका हुन् । ललितपुरको बालकुमारीमा शनिबार (आज) सुरु भएको पार्टी केन्द्रीय समितिको प्रथम बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘जसपाले संकीर्णता एउटा क्षेत्रगत, जातिगत संकीर्णता राखेर देश र जनताको हित गर्न नसकेको देखियो । हामीले संघर्ष गर्‍यौं, बहस गर्‍यौं । जब त्यो परिणाममा देखा पर्न सकेन । हामी त्यहीँ पार्टीलाई रुपान्तरण गरेर अघि बढन सक्ने अवस्था देखिएन । त्यसैले अव हामी फेरी नयाँ ढंगले पुनर्गठन गरेर जानुपर्छ भन्ने मान्यताका साथ हामीले जनता समाजवादी पार्टी निर्माण गरेर हामी अघि बढेका छौं' उनले भने ।

उनले पार्टीको वैधानिकतालाई पूरा गर्दै आगामी कार्यभार तय गर्ने बैठकको मूल एजेन्डा रहेको पनि स्पष्ट पारे । 'संगठनात्मक ढाँचा र शैलीको जुन हाम्रो जोड छ । संगठन र नेतृत्वको नयाँ प्रणालीको सोच जुन हामीले बनाएका छौं । र, देशको स्थितिको मूल्यांकन गरेर आगामी कार्यभार हामी तय गर्दैछौं । यसले देशलाई एउटा वैकल्पिक बाटो देखाउँछ भन्ने हामीलाई विश्वास छ’ उनले भने।





  • प्रकाशित मिति : साउन २१, २०७९ शनिबार १४:५०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया