logo-img

मेस्सी १५ वर्षपछि बलुन डी’ ओरको शीर्ष ३० बाट बाहिर

बलुन डी’ ओर को शीर्ष ३० सार्वजनिक हुँदा अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीको नाम छुट्नु फुटबल प्रेमीका लागि आश्चर्य हुन सक्छ । किनकि उनी लगातार १५ वर्ष देखि याे सुचीमा अटाउँदै आएका छन् ।

तर, यसपटक सर्वाधिक सात पटकका बलुन डी’ ओर विजेता मेस्सी शीर्ष ३० को सुचीबाट बाहिरिएका छन् । उनी २०२१ को बलोन डी’ अर विजेता हुन् । यस क्रममा मेस्सीले २०२०-२१ सिजनमा बार्सिलोनाबाट ला लिगाको ३५ खेलमा ३० गोल गरेका थिए ।
 
२०२१–२२ सिजन उनका लागि सुखद रहेन । मेस्सीले पिएसजीबाट लिग वानको २६ खेलमा मात्र ६ गोल गरे । सन् २००५ यता मेस्सी लगातार बलुन डी ओरको सुचीमा पर्दै आएका थिए । 

मेस्सीले स्थान बनाउन नसके पनि उनका चिरप्रतिद्धन्द्धी क्रिस्टियानो रोनाल्डो शीर्ष ३० मा स्थान बनाउन सफल भएका छन् । रोनाल्डो पाँच पटकका विजेता हुन् । 

 यसपटक रियाल मड्रिडलाई स्पेनिस ला लिगा र च्याम्पियन्स लिगको उपाधि जिताउन प्रमुख भुमिका खेलेका फ्रेन्च फरवार्ड करिम बेन्जेमालाई  बलुन डी’ ओरको मुख्य दाबेदारको रुपमा हेरिएको छ ।





  • प्रकाशित मिति : साउन २८, २०७९ शनिबार ९:८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया