मानव अधिकारलाई सुदृढ गर्नु साझा दायित्व :  गृहमन्त्री खाँण
फाइल तस्बिर

गृहमन्त्री बालकृष्ण खाँणले विधिको शासन र मानव अधिकारलाई सुदृढ गर्नु साझा दायित्व भएको बताएका छन् । सोमबार कानुन, न्याय तथा मानव अधिकार समितिद्वारा प्रकाशित ‘संसदमा कानुन, न्याय तथा मानव अधिकार समिति: अभ्यास र उपलब्धि’ पुस्तक विमोचन समारोहमा बोल्दै मन्त्री खाँणले विधिको शासन र मानव अधिकारलाई सुदृढ बनाउनु साझा दायित्व भएको बताए ।

उनले यसलाई सबल र सुदृढ बनाउन सरकारको तर्फबाट प्रतिबद्धता पनि गरे । खाँणले सरकार मानव अधिकारको क्षेत्रमा पारदर्शी र उत्तरदायी रहँदै आएको स्पष्ट पार्दै भने – ‘विधिको शासन र मानव अधिकार संघीय लोकतान्त्रिक गणतन्त्रको मूल आधारशिला हो । यसलाई सबल र सुदृढ गराउने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल गराउनु हामी सबैको साझा दायित्व हो । यस सन्दर्भमा सरकार, सरकारका सबै निकायहरू, संसद र मुलुकको सबै निकायहरूको प्रतिबद्धता पनि म व्यक्त गर्न चाहन्छु ।’

मन्त्री खाँणले मानव अधिकारको पालना गराउने सम्बन्धमा मानव अधिकारकर्मीहरूले खबरदारी गरिरहेको भन्दै मानव अधिकारकर्मीहरूको प्रशंसा गरे । 





  • प्रकाशित मिति : साउन ३०, २०७९ साेमबार १७:२१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया