सत्तारुढ दलको सिट बाँडफाँटका लागि तीन मापदण्ड

सत्तारुढ दलको सिट बाँडफाँट कार्यदलको सोमबारको बैठकले चाँडोभन्दा चाँडो आफ्नो गृहकार्य पूरा गर्ने निर्णय गरेको छ । 

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सिट बाँडफाँट कार्यदलको बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँटको काम व्यवस्थित रुपले अघि बढाइएको बताए ।  

मन्त्री कार्कीले सिट बाँडफाँटको मापदण्ड बनाउँदा ०७४ सालको निर्वाचनमा प्राप्त मत, समानुपातिक मत र ०७९ सालमा स्थानीय निर्वाचनमा प्राप्त गरेको मतलाई आधार बनाउने बताए । नेकपा (एकीकृत समाजवादी)ले ०७४ सालमा निर्वाचनमा प्रतिस्पर्धा नगरेकाले त्यसलाई विशिष्ट रुपमा राख्दै मापदण्ड तय गर्ने बताए । 

सिट बाँडफाँट​को टुंगो सकेसम्म आउँदो बुधबारसम्म सक्ने लक्ष्य रहेको बताउँदै उनले सकेसम्म बाँडफाँट कार्यादलकै बैठकबाट मिलाएर सिटको टुंगोको बारेमा नेतृत्वमा प्रतिवेदन दिने मनशाय रहेको बताए । 

मन्त्री कार्कीले सरकारले कसैको विरुद्ध पनि गठबन्धन नगरेको भन्दै गठबन्धनमा आउन चाहनेलाई सकारात्मक रुपमा कुरा अघि बढाएको बताए । सिट बाँडफाँट कार्यदलको बैठक बुधबार ४ बजे बस्नेछ ।
 





  • प्रकाशित मिति : साउन ३०, २०७९ साेमबार २०:४०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया