logo-img

खर्कमा छाडिएका दुई गोरु मासुका लागि मारिएको आशंका

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा चरनका लागि खर्कमा छाडिएको दुईवटा गोरुको कंकाल भेटिएको छ । रोपाइँ सकेपछि गत असारमा खर्कमा लगेर छाडिएको जितबहादुर तामाङ र सरोज राईका एक–एकवटा गोरुको कंकाल फेला परेको हो ।

स्थानीय कुवापानी जंगलमा छाला काढेको, टाउको, हाडखोर अलग–अलग गरेको अवस्थामा गोरुको कंकाल फेला परेको हो । घुँडामुनिको छाला बाँकी छाडेर अन्य छाला काढेर हाडखोर छुट्याइएको अवस्थामा गोरुको कंकाल भेटिएकाले गोरु मारिएको आशंका गरिएको स्थानीय अग्निप्रसाद राईले बताए । 

हाडखोर गाइवस्तु पुग्न नसक्ने ठाउँमा भेटिएको हो । घटनास्थल अवलोकन गर्दा गोरुको मासु लगेर हाड र छाला भीरबाट फालिएको हुनसक्ने अनुमान गरिएको छ । मासुका लागि गोरु मारिएको आशंकामा खर्चमा गाईवस्तु छाड्ने स्थानीय चिन्तित बनेका छन् । 





  • प्रकाशित मिति : साउन ३०, २०७९ साेमबार २१:४९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया