सोनम कपुर दम्पतीलाई पुत्रलाभ

बलिउड अभिनेत्री सोनम कपुरले छोरालाई जन्म दिएकी छिन् । सोनम र आनन्द आहुजाले ८ मे २०१८ मा विवाह गरेका थिए ।

बलिउड अभिनेता तथा सोनम कपुरका पिता अनिल कपुरले इन्स्टाग्राममा एउटा नोट सेयर गर्दै यो यो खुसीको खबर सार्वजनिक गरेका छन् । 

उनले नोटमा लेखेका छन् ,‘हामी यो घोषणा गर्न पाउँदा धेरै खुसी छौँ कि हाम्रो परिवारमा २० अगस्ट २०२२ मा नयाँ सदस्य आएको छ । सोनम र आनन्द एक स्वस्थ छोराको आमाबुवा बनेका छन्, जसबाट हामी धेरै खुसी छौँ । नयाँ आमाबाबु र तिनको पाहुनालाई धेरै माया ।’

आनन्द आहुजाले पनि छोराको जन्मको खुसीको खबर सेयर गर्दै चिकित्सक, नर्स, साथीभाइ तथा परिवारका सदस्यलाई धन्यवाद दिएका छन् ।





  • प्रकाशित मिति : भदौ ४, २०७९ शनिबार २०:३३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया