logo-img

नेपाल चिकित्सक संघले असोजमा दोस्रो राष्ट्रिय सम्मेलन गर्ने

चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघले दोस्रो राष्ट्रिय सम्मेलन (एनएमए नेसनल हेल्थ समिट २०२२) गर्ने भएको छ । संघले आगामी असोज २ र ३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने भएको हो । 

संघले सम्मेलनका लागि आवश्यक तयारी अगाडि बढाइसकेको छ । संघले यो वर्ष ' पोस्ट प्यान्डेमिक एचिभ्मेन्टस्, च्यालेन्जेज एन्ड अपर्चुनिटी' अर्थात महामारीपछिको उपलब्धि, चुनौती र अवसर विषयमा केन्द्रित रहेको राष्ट्रिय सम्मेलन गर्न लागेको हो । संघका अनुसार सम्मेलन काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा हुनेछ ।

सम्मेलनमा विभिन्न सात वटा विषयमा छलफल हुनेछ । योपटक 'सूर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर', 'महामारीले चिकित्सा शिक्षामा पारेको असर र अवसर', 'संघको पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धि', 'महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसर', 'खोप, औषधि र उपकरणहरुको उचित भण्डारण, ढुवानी र वितरण,' 'नेपालमा मेडिकल टुरिजम' र 'चिकित्सा क्षेत्रका जनशक्तिलाई स्वदेशमै अवसर र प्रेरणा' विषयमा छलफल हुनेछ ।

जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन शुरुवात भएको सेप्टेम्बर महिनालाई प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टको रुपमा मनाउने संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार गत वर्षदेखि राष्ट्रिय सम्मेलन गर्न थालिएको संघका अध्यक्ष डा. लोचन कार्कीले जानकारी दिए । 





  • प्रकाशित मिति : भदौ ४, २०७९ शनिबार २१:४०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया