भारतमा बाढीको वितण्डा : ३२ जनाको मृत्यु, एक दर्जन बेपत्ता

हिमाञ्चल प्रदेश, झार खण्ड, ओडिसा र उत्तराखण्ड लगायत धेरै राज्यहरूमा भारी वर्षापछिको बाढी पहिरोमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । हिमाञ्चल प्रदेशमा शुक्रबार देखिको भारी वर्षापछिको पहिरो र बाढीका कारण एकै परिवारका आठ सदस्यसहित कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

 सो राज्यमा र वर्षासँग सम्बन्धित घटनाहरूमा १० जना घाइते भएका छन् भने ६ जना बेपत्ता भएका छन् । उत्तराखण्डमा चार जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । 

नदीले खतराको चिन्ह नाघेका र पुलहरू बगाएपछि कैयौँ गाउँबाट हजारौँ लाई विस्थापित गरिएको छ । पहिल्यैदेखि बाढीको चपेटामा परेको ओडिसाका ५ सय गाउँका ४ लाख मानिस प्रभावित भएका छन् ।   





  • प्रकाशित मिति : भदौ ५, २०७९ आइतबार ९:२४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया