प्रदीप जीको दर्शन, विचार सदैव अमर रहनेछन् : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले गिरिको निधनको खबरले आफू अत्यन्त मर्माहत भएको भन्दै गिरिको दर्शन, विचार सदैव अमर रहने बताएका छन् ।

‘समाजवादी चिन्तक, मेरा प्रिय मित्र , नेपाली कांग्रेसका नेता प्रदीप गिरिजीको असामयिक देहावसानको खबरले अत्यन्त मर्माहत छु । प्रदीपजीको दर्शन, विचार सदैव अमर रहनेछन् । दुःखद यस क्षणमा प्रदीपजीको आत्माको चिरशान्तिको कामना साथै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्दछु,’ उनले लेखेका छन् । 





  • प्रकाशित मिति : भदौ ५, २०७९ आइतबार ९:३५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया