logo-img

विराटनगरमा बन्दको प्रभाव सामान्य

विभिन्न चार कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको प्रभाव विराटनगरसहित प्रदेश १ का जिल्लाहरुमा सामान्य देखिएको छ । 

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीले आज आव्हान गरेको नेपाल बन्दको प्रभाव सामान्य देखिएको हो । 

बन्दका कारण शिक्षण संस्थाहरु बन्द भएका छन् भने यातायातका साधन, उद्योग कलकारखाना सुचारु रहेका छन् । विराटनगरबाट चल्ने लामो र छोटो दूरीका सवारी साधनहरु निर्वाधरुपमा सञ्चालन भइरहेका छन् । विभिन्न चार बुँदे माग सहित चार कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको घोषणा गरेका थिए । 

सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्ने, नेता कार्यकर्ताविरुद्धको पक्राउ पुर्जी तत्काल खारेज हुनुपर्ने, राष्ट्रघाती एमसीसी र एसपीपी परियोजना खारेज हुनुपर्ने, चर्को मूल्यवृद्धि नियन्त्रण हुनुपर्ने र असमान सन्धी सम्झौताहरू खारेज हुनुपर्ने माग सहित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीले नेपाल बन्दको घोषणा गरेका थिए ।  





  • प्रकाशित मिति : भदौ ७, २०७९ मंगलबार ११:५९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया