logo-img

धरानमा सासूलाई खुकुरी प्रहार गरेपछि ज्वाईंले गरे आत्महत्या
सांकेतिक तस्बिर

धरानमा ससुराली आएका ज्वाईंले घाँटी रेटेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नुअघि रम्तेलले धरान–८ गुम्बामार्गमा ७१ वर्षीया सासू नरमाया भुजेललाई बिहीबार राति खुकुरी प्रहारी गरी गम्भीर घाइते बनाएका थिए । 

विवाद र आत्महत्याको विस्तृत विवरण प्रहरीले अनुसन्धान गरिरहेको धरान–८ का वडाध्यक्ष धनबहादुर राईले जनाए । ज्वाईं रामबहादुरलेटाउकोमा खुकुरी प्रहार गरेपछि घाइते भएकी नरमायालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । 

प्रतिष्ठानले पनि उपचार गर्न नसकेपछि विराटनगरको एक अस्पतालमा रिफर गरेको वडाध्यक्ष राईले बताए । यता घाँटी रेटेका रामबहादुरको घटनास्थलमै मृत्यु भएको थियो ।  

मृतक रामबहदुरको घर भोजपुरको पौवादुम्बा गाउँपालिका–५ सानोदुम्मा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रामबहादुरको श्रीमती करिब डेढ महिनाअघि दुबईमा वैदेशिक रोजगारमा गएकी छन् ।  





  • प्रकाशित मिति : भदौ १०, २०७९ शुक्रबार १२:१९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया