पाकिस्तानमा बाढीबाट सयौँको मृत्यु

पाकिस्तानमा आएको ऐतिहासिक वर्षा र बाढीबाट ३ करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । जुनदेखि मनसुनी वर्षा र बाढीमा ९ सय भन्दा बढी मानिसको मृत्यु भएको छ  ।

 पाकिस्तानका जलवायु मन्त्रीले सरकार जलवायु–प्रेरित मानवीय प्रकोपसँग लडिरहेको बताइन् । आर्थिक सङ्कटमा परेको पाकिस्तानले थप अन्तर्राष्ट्रिय सहायताको लागि आह्वान गरेको छ ।

जलवायु मन्त्री शेरी रेहमानले देश आठौँ मनसुन वृत्तबाट गुज्रिएको बताए । जबकि सामान्यतया  देशमा वर्षाको तीनदेखि चार वृत्त हुने गर्छ । गर्मीको मौसम सुरु भएदेखि, धेरै मनसुन चक्रहरूले पाकिस्तानलाई  असर गरेको छ । वर्षा र बाढीपछि सरकारले सङ्कटकाल घोषणा गरेको छ ।  





  • प्रकाशित मिति : भदौ ११, २०७९ शनिबार ७:१८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया