इटालियन सिर ए: लाजियोसँग इन्टर मिलान पराजित

इटालियन सिरी ‘ए’ अन्तर्गत गएरातिको खेलमा इन्टर मिलान पराजित भएको छ । ऊ घरेलु टाेली लाजियाेसँग ३-१ ले पराजित भएकाे हाे । स्टेडियाे ओलिम्पिकाेमा खेलकाे ४० औं मिनेटमा फिलिप एन्डरसनले लाजियाेलाई सुरूवाती अग्रता दिलाएका थिए ।

५१ औं मिनेटमा लाउटाराे मार्टिनेजले इन्टरलाई १-१ काे बराबरीमा ल्याए । ७५ औं मिनेटमा लुइस अल्बर्टोले गाेल गर्दै घरेलु टाेलीलाई २-१ ले अघि बढाए । 
८६ औं  मिनेटमा पेड्राेले गाेल गरेपछि लाजियाेले ३-१ काे जित निकाल्याे ।

जितसँगै लाजियाे तीन खेलमा सात अंकका साथ शीर्ष स्थानमा उक्लिँदा पहिलाे पराजय बेहाेरेकाे इन्टर समान खेलबाट ६ अंक जाेडेर चाैथाे स्थानमा छ । 





  • प्रकाशित मिति : भदौ ११, २०७९ शनिबार ८:७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया