logo-img

‘मेयर/उपमेयर हराए’ भन्दै फेसबुकमा लेख्ने युवक पक्राउ

सामाजिक सञ्जालमा मेयर र उपमेयर हराएको भन्दै फेसबुकमा पोष्ट गर्ने एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार विर्तामोड नगरपालिका–४ का २२ वर्षीय राजु बिमलीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले आइतवार नियन्त्रणमा लिएको हो  । उनले बिर्तामोडका मेयर तथा उपमेयर हराएको भन्दै फेसबुकमा लेखेको प्रहरीको भनाइ छ ।

घरबाटै नियन्त्रणमा लिइएका बिमलीलाई आवश्यक कारबाही गर्ने भन्दै थुनामा राखिएको छ । 

शनिबार राति मेयर पवित्रा महतारा र उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको तस्बिर राखेर मेयर उपमेयर हराएको भन्दै बिमलीले फेसबुकमा सूचना पोष्ट गरेका थिए ।





  • प्रकाशित मिति : भदौ १३, २०७९ साेमबार ६:५२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया