पाकिस्तानमा बाढीबाट मृत्यु हुनेमध्ये ३८० बालबालिका

मुसल धारे वर्षापछिको बाढीले पाकिस्तानको एक तिहाइ भाग डुबानमा परेको छ । बाढीमा अहिलेसम्म ११ सयको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका मात्रै ३८० छन् । पाकिस्तानको बाढीलाई ‘अप्रत्याशित जलवायु विपत्ति’ भन्दै राष्ट्रसंघले सहयोगका लागि आह्वान गरेको छ । 

भारी मनसुनपछिको विनाशकारी बाढीले घर, व्यवसाय, पूर्वाधार र बालीहरू ध्वस्त पार्नुका साथै देशका ३ करोड ३० लाख मानिसहरूलाई असर गरेको छ । वर्षाले देशको एक तिहाई भूभाग जलमग्न भएको पाकिस्तानकी जलवायु मन्त्रीले बताएकी छिन् । ‘देशको एक तिहाइ भाग पानीमुनि छ’ जलवायु परिवर्तन मन्त्री सेरी रिहमानले भनिन् । पानी छिट्टै कम नहुने उनले बताइन् । 

एक दशकयताको बाढीले १० अर्ब डलरभन्दा बढी क्षति पुर्‍याएको सरकारले प्रारम्भिक अनुमान गरेको छ । तर, यो क्षति सरकारले अनुमान गरेभन्दा बढी हुन सक्ने प्रधानमन्त्री सहबाज सरिफले बताएका छन् ।

मानव निर्मित जलवायु परिवर्तनको असरसँग जुध्न पाकिस्तानलाई सहयोग गर्ने विश्वको दायित्व भएको सरकारको भनाइ छ । बाढीले बिचल्लीमा परेका पर्यटकसहित ३०० जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । सेनाको हेलिकप्टरले अलपत्र परेका परिवारहरूलाई निकाले र खाद्यान्न प्याकेजहरू दुर्गम क्षेत्रमा खसालेको छ ।  





  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार १२:३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया