logo-img

महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भएको जबराको दाबी

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भइसकेको बयान दिएका छन् । बुधबार महाअभियोग सिफारिस समितिलाई बयान दिँदै उनले संसदमा आफू विरुद्ध दर्ता भएको महाअभियोग निष्क्रिय भइसकेको दाबी गरेका हुन् । 

गत १ फागुनमा सत्तारुढ दलका सांसदहरूले विभिन्न आरोपसहित जबराविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । यसपछि प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले बुधबार उनको बयान लिएको हो । 

समितिलाई बयान दिने क्रममा जबराले महाअभियोग स्वतः निष्क्रिय भएको र आफू संसदको सम्मानका लागि मात्र आएको जवाफ दिएका हुन् । आफूलाई बयानमा बोलाउँदा संविधान र संसदको नियमावली पालना नगरेको बताउँदै उनले महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको जिकिर गरे । साथै आफू पछिका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउन महाअभियोग प्रस्ताव दर्ता गरेको उनको आरोप छ । 

दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफू विरुद्ध महाअभियोग प्रस्ताव ल्याएको दाबी गरेका जबराले यस्ता घटनाले न्यायपालिका कमजोर हुने बताए । 


 





  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार १४:३७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया