सिर्जनशील लघुवित्तको आइपिओमा मागभन्दा ३४.४९ गुणा बढी आवेदन

सिर्जनशील लघुवित्तको आइपिओमा एक अर्ब ३४ करोड ४९ लाख ८७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 

सीडीएसका अनुसार शुक्रबार बिहानसम्ममा १२ लाख ९ हजार ३०७ जनाले एक करोड ३४ लाख ४९ हजार ८७० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ३४.४९ गुणा बढी आवेदन हो । कम्पनीले १५ भदौदेखि कुल तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

योमध्ये १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र पाँच हजार ४७० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी तीन लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा १९ भदौसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।  





  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार १२:१३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया