ठमेल टुरिजम भेट्रान्स कप फुटबल असोज दोस्रो साता हुने

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा प्रथम ठमेल टुरिजम भेट्रान्स कप फुटबल असोज दोस्रो सातादेखि हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्ले शुक्रवार पत्रकार सम्मेलन गरेर भेट्रान्स कपको मिति असोज ९ देखि ११ गतेसम्म गर्ने जानकारी दिएको हो । 

प्रतियोगितामा २० टिमको सहभागिता रहने कार्यक्रम संयोजक प्रसयराज भण्डारीले जानकारी दिए । प्रतियोगिताका लागि काठमाडौं, पोखरा र धरान गरी तीन ठाँउमा आमन्त्रण पठाएको आयोजकले जनाएको छ । 

प्रतियोगितामा आयोजकबाट ठमेल इस्ट र ठमेल वेस्ट गरी दुई टिम सहभागी हुने आयोजकले जानकारी दियो । खेलकुदको माध्यमबाट सबै पक्षलाई समेट्ने सकिने र मनोरञ्जन समेत हुने भएकाले भेट्रान फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको आयोजकको भनाइ छ ।

नकआउट प्राणालिमा सञ्चालन हुने प्रतियोगिता सेभेन ‘ए’ साइडको हुनेछ । प्रत्येक टिममा एकजना ४० वर्ष र ५० वर्ष पूरा भएको खेलाडी हुनैपर्ने आयोजकले प्रावधान राखेको छ । 

प्रतियोगिताको विजेताले दुई र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । तीन दिनसम्म चल्ने प्रतियोगिताको ‘म्यान अफ दि सिरिज’, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान १०÷१० हजार रुपैयाँ पाउनेछन् ।





  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार २०:५१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया