दुई वर्षभित्र देश विद्युत‍्मा आत्मनिर्भर हुने कुलमान घिसिङको दाबी

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र मुलुक विद्युतमा आत्मनिर्भर हुने दाबी गरेका छन् । 

नेपाल विद्युत् प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आन्तरिक खपत बढाएर पनि मुलुकमा ५ वर्षपछि वार्षिक रूपमा २ खर्बको विद्युत् निर्यात गर्ने योजना रहेको पनि बताए । 

‘दुई वर्षपछि हामी विद्युतमा आत्मनिर्भर हुन्छौं । भैले भनिराखेको छु–५ वर्षपछि हामी वार्षिक २ खर्व रुपैयाँ बराबरको विद्युत निर्यात गर्छौं । त्यो आन्तरिक खपत बढाएर हो । आन्तरिक खपत बढाउनका लागि जनचेतनाको अभिवृद्धि र पूर्वाधार विकासमा हामीले जोड दिएका छौं’ उनले भने ।

प्रबन्ध निर्देशक घिसिङले विद्युतको खपत बढाउन जनचेतनाको अभिवृद्धि गर्ने र पूर्वाधार विकासमा जोड दिइएको समेत बताए ।





  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार १४:१०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया