logo-img

पोखरा महानगरपालिकाका १०० दिनबारे मेयर आचार्य

पोखरा महानगरपालिकाले नयाँ नेतृत्व आएपछिका सय दिनका उपलब्धि सार्वजनिक गरेको छ । पदस्थापन गरेको सय दिन पूरा गरेको अवसरमा पोखरामा शनिबार पत्रकार सम्मेलन गरी नगरप्रमुख धनराज आचार्यले सय दिनका सय उपलब्धि सार्वजनिक गरेका हुन् । 

पदस्थापना कार्यक्रमको पहिलो दिन ३७५ वटा फुलका बिरुवा रोपी आफ्नो कामको सुुरुवात गरेको बताउँदै कार्यक्रममा प्रमुख आचार्यले आफ्नो १०० दिनको कामबाट सन्तुष्ट रहेको बताए । प्रमुख आचार्यले उज्यालो पोखरा अभियानको सुरुवातदेखि महागनरको सेवा प्रवाहमा एकद्वार प्रणाली, जनगुनासो सुन्न तथा सुनुवाइका लागि हेल्लो मेयर कार्यक्रमलाई सय दिनको उपलब्धिमा समावेश गरेका छन् । 

निजी संस्थासँगको साझेदारीमा सार्वजनिक ७२ वटा शौचालय सर्वसाधरणका लागि खुला गरिएको आचार्यले बताए । मेयर आचार्यले महानगरपालिका अहिले आन्तरिक व्यवस्थापन बलियो बनाउने काममा लागिपरेको बताए । पोखरा महानगरपालिकामा अहिले फोहोरको समस्या रहेकाले समस्या समाधानका लागि काम भइरहेको उनले दाबी गरे । 

उहाँले महानगरपालिकाले उज्यालो पोखरा कार्यक्रमअन्तर्गत नेपाल विद्युत् प्राधिकरण र पोखरा महागनरको (पचास÷पचास प्रतिशत) १३ करोडको लागानीमा २३ वटा चोकहरुमा हाई–मास्ट पोलमा १५ सय चारवटा सडक बत्ती जडन सुरु गरेको बताए । १०० दिनमा युवा तथा बेरोजगारलाई लक्षित गरी ३० करोड पुँजी भएको व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना गरिएको महानगरले जनाएको छ । 

साविक लेखनाथ नगरपालिकाको तालचोकदेखि बेगनाशताल बसपार्कसम्मको सडक ४ लेनको बनाउन ७५ करोडमा ठेक्का सम्झौता भइसकेको बताएको छ । आगामी अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी रहेकाले त्योभन्दा पहिले अन्यन्त्र फोहोर व्यवस्थापन हुने महानगरको भनाइ छ ।





  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार १८:९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया