logo-img

नेपालले जित्यो एक खेलअगावै केन्याविरुद्धको एकदिवसीय सिरिज

घरेलु टोली केन्याविरुद्धको एक दिवसीय सिरिजअन्तर्गत दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । नेपालले आज सम्पन्न खेलमा १७ रनको जित हात पारेको हो ।

यो जितसँगै नेपालले ३ खेलको सिरिज एक खेलअगावै आफ्नो पक्षमा पारेको छ । नेपालले पहिलो खेलमा ७ विकेटको जित हात पारेको थियो । 

२३१ रनको लक्ष्य पछ्याएको केन्याले ४६.३ ओभरमा सबै विकेट गुमाउँदै २१३ रन बनाएको । उसका लागि राकिप पटेलले ९८ बलमा ८ चौका र एक छक्कासहित ८१ रनको उत्कृष्ट पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

कोलिन्स ओबुयाले ३७, नेल्सन ओधिएम्बोले २८, जेरार्ड एमविन्डवाले २० नेहम्याह ओधिएम्बो र कप्तान सिम एनगोचेले १२–१२ रन जोडे । 

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४, सोमपाल कामीले ३ तथा करण केसी, बसिर अहमद र पवन सर्राफले १–१ विकेट हात पारे ।

यसअघि नैरोबीस्थित जिमखाना क्लब ग्राउन्डमा टस जितेर ब्याटिङ रोजेको  नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २३० रन बनाएको थियो । 



नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ९५ बलमा ७ चौकासहित सर्वाधिक ७८ रनको पारी खेले । देव खनालले ३७, ज्ञानेन्द्र मल्लले २५, सोमपाल कामीले २६, बसिर अहमदले १७, आदिल अन्सारीले १४  र कण केसीले ११ रन जोडे ।

केन्याका लागि नेहम्याह ओधिएम्बो, विराज पटेल र सिम एनगोचेले २–२ तथा  लुकास ओलुच, राकिप पटेल र जेरार्ड एमविन्डवाले १–१ विकेट लिए ।



यो जितसँगै नेपालले सिरिजमा २–० को अग्रता लिएको छ । तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।

  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार १९:३८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया