logo-img

प्रधानमन्त्रीनिवास बाहिर नेविसंघको प्रदर्शन, दुई दर्जनभन्दा बढी पक्राउ

काठमाडौं– सरकारका गलत कदमविरुद्ध भन्दै आन्दोलनमा उत्रिएको नेपाल विद्यार्थी संघले मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारबाहिर प्रदर्शन गरेको छ । बालुवाटारमा प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता–कार्यकर्तामाथि प्रहरीले धरपकड गरेको छ ।

प्रदर्शनमा उत्रिएका दुई दर्जनभन्दा बढी विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । नेविसंघका केन्द्रीय सदस्य सुशील भट्ट, पूर्वकेन्द्रीय सदस्य गणेश सापकोटा, निरञ्जन थापा, शशांकश्री न्यौपाने, फोट्सका अध्यक्ष सुवास घिमिरे, किरण भट्टराई, सन्तोष गुरुङ, सन्देश पन्त, सौरभ घिमिरे, रमेश बस्ताकोटी, उज्ज्वल पौडेल, सुवर्ण गौतम, भानुभक्त उपाध्याय, मनीष सिंखडा, पावल बज्राचार्य, प्रदीपजंग शाह, दीपेन्द्र क्षेत्री, सुदन पराजुली, सुरज नेपाललगायत नेता कार्यकर्ता पक्राउ परेको नेविसंघका सुशान्त आचार्यले दिएका छन् ।





  • प्रकाशित मिति : माघ १५, २०७५ मंगलबार १४:३०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया