logo-img

कार्यकर्ता रिहाइ गर्न नेविसंघको अल्टिमेटम

काठमाडौं– प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइका लागि नेपाल विद्यार्थी संघले ४ घन्टे अल्टिमेटम दिएको छ । 

वर्तमान सरकार हत्याहिंसा, माफिया र भ्रटाचारीको संरक्षक बनेको आरोप लगाउँदै नेवि संघ सोविरुद्ध आन्दोलनमा उत्रिएको संघका महामन्त्री कुन्दनराज काफ्लेद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारबाट पक्राउ परेका नेवि संघ नेता–कार्यकर्तालाई अहिले नेपाल पुलिस क्लबमा राखिएको छ । थुनामा राखिएका नेता–कार्यकर्तालाई ४ घन्टाभित्र रिहाइ नगरे सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने नेवि संघले चेतावनी दिएको छ । 





  • प्रकाशित मिति : माघ १५, २०७५ मंगलबार १५:२८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया