logo-img

२९ भदौदेखि नयाँ नोट साट्न सकिने

दसैं, तिहार र छठका लागि २९ भदौदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले नजिकिँदो चाडपर्व लक्षित गर्दै २९ भदौदेखि नयाँ नोट साट्न सकिने सुविधा प्रदान गर्ने भएको हो ।

सर्वसाधारणले काठमाडौं उपत्यकामा २९ भदौ र उपत्यकाबाहिर भने २ असोजदेखि नयाँ नोट साट्न सक्ने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

गत वर्षजस्तै यसवर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने उनले बताए । ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एक–एक वटा बन्डल हुने गरी १८ हजार ५०० रुपैयाँमा सीमा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय र प्रादेशिक कार्यलयका साथै बैंक तथा वित्तीय संस्थाका विभिन्न शाखा कार्यलयनमा गएर नयाँ नोट साट्न सकिने छ ।





  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार १८:८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया