एकिकृत समाजवादीका नेताको परिवारलाई ज्यान मार्ने धम्की, छोरालाई अपहरण प्रयास

शनिबार नेकपा (एकीकृत समाजवादी) भक्तपुरका अध्यक्ष श्याम बस्नेतको परिवारलाई अज्ञात समूहले ज्यान मार्ने धम्की दिएको छ । उनका एक छोरालाई अपहरण प्रयास गरिएको परिवार स्रोतले बताएको छ । 

बस्नेतको गठ्ठाघरस्थित घरमा अज्ञात समूह प्रवेश गरी ढोका फोड्नुका साथै परिवारका सदस्यलाई ज्यान मार्ने धम्की दिएको हो । अज्ञात समूहले शनिबार बिहान ३ बजेतिर घरमा प्रवेश गरी बस्नेतका एक छोरालाई अपहरण प्रयाससमेत गरेको बस्नेतकी श्रीमती उषा कार्कीले बताइन् । 

बस्नेत शनिबार घरबाहिर थिए । श्रीमती कार्कीका अनुसार घरमा भाडामा बस्ने पहिलो र दोस्रो तलाका सबै ढोका बन्द गरेर उक्त समूह तेस्रो तलामा पुगेको थियो ।

 ‘ढोका फोडेर भित्र प्रवेश गरेको समूहले जेठा छोरालाई पेस्तोल देखाएर अपहरण प्रयास गरे । ५ जनाको समूहमा आएकामध्ये २ जनाले मास्क लगाएका थिएनन्, उनले भनिन्, ‘राति नचिनेका ५ जनाघरको ढोका फोडेर आएको थियो । पेस्तोल र खुकुरी देखाएर एउटा छोरालाई हातपात गर्दै अपहरण गर्न खोजेको थियो । ए यो हैन रहेछ भन्दै धम्क्याएर हिँडे ।’

भक्तपुर प्रहरीले घटना सम्बन्धमा अनुसन्धान भइरहेको बताएको छ ।





  • प्रकाशित मिति : भदौ २५, २०७९ शनिबार १८:२२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया