logo-img

एसिया कपको उपाधिका लागि श्रीलंका र पाकिस्तान भिड्दै

यूएईमा जारी एसिया कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज श्रीलंका र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको फाइनल खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयानुसार राति पौने ८ बजे सुरु हुनेछ । 

सुपर फोरमा अपराजित रहँदै फाइन पुगेको श्रीलंका आज पनि त्यसलाई कायम राख्दै छैटौंपटक एसिया कपको उपाधि उचाल्ने प्रयासमा हुनेछ । यसअघि ऊ १९८६, १९९७, २००४, २००८ र २०१४ मा विजेता बनेको थियो ।  

पाकिस्तान पनि सुपर फोरमा बेहोरेको हारको बदला लिँदै तेस्रोपटक विजेता बन्न चाहन्छ । उसले यसअघि २००० र २०१२ मा एसिया कपको उपाधि जितेको थियो । 

एसिया कपमा यी दुई टोलीले हालसम्म १६ खेलमा एकअर्काको सामना गरेका छन् । जसमा श्रीलंका बलियो देखिन्छ । उसले ११ खेलमा जित हात पर्दा ५ खेल गुमाएको छ । 

सन् १९८४ को पहिलो तथा जारी प्रतियोगिताअन्तर्गत सुपर फोरको पछिल्लो भेटमा श्रीलंका समान ५ विकेटले विजयी भएको थियो । 





  • प्रकाशित मिति : भदौ २६, २०७९ आइतबार ११:९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया