चोलेन्द्रको बाँकी बयान मंगलबार

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बाँकी बयान मंगलबार हुने भएको छ । भदौ २८ गते यो बयान अन्तिम हुनसक्ने अनुमान गरिएको छ । 

सोमबारसम्म जबरालाई ३५ प्रश्न सोधिएको छ । अब मंगलबार दशवटा प्रश्न उनलाई सोध्न सकिने बताइएको छ । 

सोमबारको बयानमा पनि चोलेन्द्रले आफूले न्यायपालिकाको आँच आउने कुनै काम नगरेको दोहोर्याएका छन् । उनले आफूमाथि महाअभियोग लगाउनु पर्ने कुनै कारण नभएको पनि बताएका छन् ।

जबराविरुद्ध १ फागुनमा प्रतिनिधिसभाका ९८ सांसदको हस्ताक्षरसहित महाअभियोग लगाइएको थियो । 





  • प्रकाशित मिति : भदौ २६, २०७९ आइतबार २०:५१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया