logo-img

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा तारानाथ अधिकारी नियुक्त

सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा तारानाथ अधिकारी नियुक्त गरेको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले  विभागको महानिर्देशकमा अधिकारीलाई पठाउने निर्णय गरेका हुन्। 

हाल विभागको महानिर्देशक रहेका प्रेमप्रसाद भट्टराईको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरुवा गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नै कार्यरत अधिकारीलाई महानिर्देशकमा नियुक्त गरिएको हो । 

अधिकारी यसअघि पर्यटन विभागमा महानिर्देशक भएका थिए भने त्यसअघि उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झण्डै दुई वर्ष बिताएका थिए । 





  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार १५:२९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया