logo-img

समानुपातिक बन्द सूची बुझाउने बेला कांग्रेसका दुवै जना महामन्त्री थापा र शर्मा बिरामी
फाइल तस्बिर

निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ उम्मेदवारहरूको बन्द सूची बुझाउन २ र ३ असोजको मिति तोकेको छ । जस कारण अहिले प्रमुख दलहरू समानुपातिक उम्मेदवारको बन्द सूची तयार पार्न छलफल र बैठकमा केन्द्रित भएका छन् ।

सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समिति र पदाधिकारी बैठकसमेत बसिरहेको छ । समानुपातिक उम्मेदवारहरूको बन्द सूची बुझाउने दिन नजिकिँदै जाँदा कांग्रेसका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा भने बिरामी परेका छन् । 

शर्माको केही दिनअघि अप्रेसन भएको थियो । अस्पतालबाट डिस्चार्ज भएका उनी अहिले घरमै आराम गरिरहेका छन् । महामन्त्री शर्माले आइतबारदेखि पार्टी कार्यालय गएर आफ्नो भूमिका निर्वाह गर्ने जानकारी दिए ।

अर्का महामन्त्री थापा भने बिहीबारदेखि बेड रेस्टमा छन् । डेंगुका कारण ज्वरो आएपछि अहिले उनी घरमै छन् । बिहीबार उनको रगत परीक्षण गर्दा डेंगु सङ्क्रमण पुष्टि भएको थियो । पार्टीका दुवै महामन्त्री बिरामी भएपछि कांग्रेसले ६ जना सह महामन्त्रीलाई समानुपातिक तर्फको बन्द सूची तयार पार्न जिम्मेवारी दिएको छ । 





  • प्रकाशित मिति : भदौ ३१, २०७९ शुक्रबार १५:५३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया