राजनीतिक नेतृत्वमा सहमति नहुँदा विधेयक अल्झिए - मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राजनीतिक नेतृत्वमा सहमति नहुँदा कतिपय विधेयक अल्झिएको बताएका छन् ।

संसद भवनबाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले राजनीतिक नेतृत्वमा सहमति हुन नसक्दा र कानुनी जटिलताका कारण पनि कतिपय वर्तमान संसदले पास गर्नुपर्ने कानूनहरु बन्न नसकेको बताए । 

उनले नेकपा एमालेले अवरुद्ध गरेको संसद खोल्ने सहमति भएसँगै संसदले गतिशीलताका साथ काम गरेको दाबी गरे । 

मन्त्री पौडेलले प्रधानमन्त्री निवास बालुवाटारमा सरकारका कामभन्दा बाहेक पार्टीको बैठक बस्न नहुने भए पनि गठबन्धनको बैठकमा प्रधानमन्त्री नै बस्नुपर्ने भएकाले बालुवाटारमा बैठक हुनुलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।





  • प्रकाशित मिति : भदौ ३१, २०७९ शुक्रबार १७:५३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया