एसियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य नेप्सेमा समायोजन

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समायोजन गरिएको छ । नेप्सेमा बोनस शेयरका लागि एसियन लाइफको सेयर मूल्य समायोजन प्रतिकित्ता ४७१.६२ रुपैयाँ कायम भएको छ ।

यसअघि अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ५४० रुपैयाँ कायम भएको थियो । अब आउँदो मंगलबार समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ । 

सोमबार संविधान दिवसका अवसरमा सार्वजनिक बिदा दिइएको छ । लाभांश र सभा प्रयोजनका लागि कम्पनीले ४ असोजमा बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असोज २ र ३ गतेसम्म कायम सेयरधनीहरू मात्रै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन् ।  

कम्पनीले आफ्नो १४ औँ वार्षिक साधारण सभा आउँदो १३ असोजमा आयोजना गर्ने निर्णय गरेको छ । सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्ता पुँजीको कुल १५.२६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ  । जसमा १४.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.७६ प्रतिशतले हुन आउने नगद लाभांश छन् ।





  • प्रकाशित मिति : असोज ३, २०७९ साेमबार ११:२१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया