देउवाले थपे कांग्रेस घोषणापत्र तयारी समितिमा ४१ जना सदस्य
फरकधार / ५ असोज, २०७९
फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिमा ४१ जना सदस्य मनोनयन गरेका छन् । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी उक्त जानकारी दिएका हुन् । 



देउवाले आज मनोनयन गरेका सदस्यमा फरमूल्लाह मंसुर, महालक्ष्मी उपाध्याय ‘डिना’, सह महामन्त्री भीष्मराज आङ्देम्बे, सह महामन्त्री महेन्द्र यादव, सह महामन्त्री बद्रीप्रसाद पाण्डे, सह महामन्त्री जीवन परियार, केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, केन्द्रीय सदस्य किरण यादव, केन्द्रीय सदस्य योगेन्द्र चौधरी, केन्द्रीय सदस्य रंगमती शाही, केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोख्रेल, केन्द्रीय सदस्य सुशीला भट्ट मिश्र, केन्द्रीय सदस्य नानु बास्तोला, अनुराधा कोइराला र मनोहरनारायण श्रेष्ठ छन् । 

यस्तै मनोनयनमा परेका अन्यमा किरण गिरि, डा विष्णु विभु घिमिरे, श्रवण मुकारूङ, डा. स्वर्णीम वाग्ले, डा. सुरेश आचार्य, गेजा शर्मा वाग्ले, मदन कट्टेल, प्रमोदहरी गुरागाईं, डा. अञ्जनी झा, ई. अभिमन्युलाल सिंह,  ई. हरि दर्लामी मगर, अधिवक्ता डा. रुद्र शर्मा, डा. सञ्जय महतो थारु, भोजराज श्रेष्ठ र प्रताप पौडेल रहेका छन् । 



डा. बुद्धिमान श्रेष्ठ, शंकर तिवारी, डा. कृष्ण पौडेल, दीपेश घिमिरे, प्रकाश लामिछाने, डा. प्रीति मण्डल, मीन भाम, विनोद दास, सुमित खरेल, विकल राई र डा. प्रदीप पराजुलीलाई पनि देउवाले मनोनयन गरेका छन् ।   



  • प्रकाशित मिति : असोज ५, २०७९ बुधबार १३:५०:४६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया